सांसद पार्बता डी.सी.चौधरी कांग्रेस केन्द्रीय सदस्यमा पराजित 

सांसद पार्बता डी.सी.चौधरी कांग्रेस केन्द्रीय सदस्यमा पराजित 

केन्द्रीय सदस्य थारु खुला दुई पदमा योगेन्द्र चौधरी र राम जनम चौधरी निर्वाचित भए। राम जनमले २ हजार ५०३ र योगेन्द्रले २ हजार १९८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित पार्बता डी.सी. चौधरीले १४ औँ महाधिवेशनमा ५६३ मत मात्र पाइन।

सङ्घीय संसद् प्रतिनिधि सभामा दाङबाट समानुपातिक तर्फकी बहालवाला सांसद चौधरी सार्वजनिक लेखा समितिकी सदस्य हुन्।

पार्बतासँगै प्रतिस्पर्धा गरेका थारु खुला सदस्यका उम्मेदवार बद्री नारायण चौधरीले १ हजार ६०४, साजनकुमार महतोले १ हजार ४१२, भोटनी देवी खवासले २९९, देवराज चौधरीले २१७ र यज्ञराज चौधरीले १८४ मत पाए।

यस्तै थारु महिला खुला पदमा कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन्। चौधरी २ हजार ५२४ र राना २ हजार ३४९ मत ल्याएर निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रतिस्पर्धी नमिता कुमारी चौधरीले १ हजार ६६१, नवोदिता चौधरीले १ हजार ५९० र टिका कुमारी चौधरीले ८९२ मत पाए। ४ हजार ६५१ मतगणनामा ४८ मत बदर भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

६ पुस, २०७८, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।