सुर्खेत : नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार हृदयराम थानी एक मतले पराजित भएका छन्।
१४औँ कांग्रेस महाधिवेशन
केन्द्रीय सदस्य कर्णाली प्रदेश भूगोल तर्फ उम्मेदवार दिएका थानी एक मतले पराजित भएका हुन्।
राजीव विक्रम शाह दुई हजार ८२० र कर्ण बुढा दुई हजार दुई सय मत ल्याएर विजयी हुँदा थानीले दुई हजार १९९ मत ल्याएर पराजित भए।
यसैगरी भूगोलतर्फ महिला केन्द्रीय सदस्यमा जानकी सिंहले दुई हजार ६२४ मत ल्याएर निर्वाचित भएकी छन्। प्रतिस्पर्धी मैना कार्कीले एक हजार ९५५ मत ल्याएकी छन्।
कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार २ मतले धनराज गुरुङसँग पराजित भएका थिए।
२०७८ पुष ०६ गते १९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।