कांग्रेस केन्द्रीय सदस्यमा ध्यानगोविन्ददेखि राजीव कोइरालासम्म 

कांग्रेस केन्द्रीय सदस्यमा ध्यानगोविन्ददेखि राजीव कोइरालासम्म 

काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेश महिला सदस्यमा उर्मिला नेपाल केसी निर्वाचित भएकी छन्। कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित केसीले २ हजार ३४९ मत प्राप्त गरेकी छन्। 

कांग्रेस निर्वाचन समितिका अनुसार प्रतिस्पर्धी विष्णु देवी पुडासैनीले १ हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गरेकी छन्। 

यस्तै बागमती प्रदेश खुला सदस्यमा ध्यानगोविन्द रञ्जित र राजेन्द्र कुमार केसी निर्वाचित भएका छन्। रञ्जितले २ हजार ४१९ र केसीले २ हजार १२९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। 

यस्तै केन्द्रीय सदस्य मुस्लिम महिला एक पदमा जावेदा खातुन जागा निर्वाचित भएकी छन्। उनले १ हजार ९ सय मत ल्याएकी छन्। 

यस्तै प्रदेश १ महिलातर्फको केन्द्रीय सदस्यमा महेन्द्र कुमारी लिम्बु निर्वाचित भएकी छन्। उनले २ हजार २२९ मत ल्याएकी छन्। 

प्रदेश १ को मुस्लिम खुला केन्द्रीय सदस्यमा अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन्। दुई पदका १० जनाले उम्मेदवारी दिएकोमा रज्जाकले २ हजार ३९० र सतारले २ हजार २२८ मत ल्याएर निर्वाचित भएका समितिले जनाएको छ। 

यस्तै प्रदेश १ को खुला २ पदको केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन्। 

७ जनाबीच भएको चुनावी प्रतिस्पर्धामा अर्यालले २ हजार ३८९ र कोइरालाले २ हजार १५२ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन्। 

६ पुस, २०७८, १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।