खर्बपति विनोद चौधरी दोस्रो मत ल्याएर निर्वाचित 

खर्बपति विनोद चौधरी दोस्रो मत ल्याएर निर्वाचित 

काठमाडौँ : नेपाली कांग्रेस मधेसीतर्फको केन्द्रीय सदस्यमा खर्बपति नेता विनोद चौधरी दोस्रो मत ल्याएर निर्वाचित भएका छन्।

मधेसीतर्फको केन्द्रीय सदस्यमा अजय चौरसिया २ हजार ५२२ मत ल्याएर निर्वाचित भए। यस्तै २ हजार २०६ मत ल्याएका खर्बपति विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकुमार राय १ हजार ९८४ र दिनेशकुमार यादवले १ हजार ९५९ मत ल्याएर मधेसतर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

यस्तै मधेसीतर्फको महिला सदस्यमा ३ हजार ९६९ मत ल्याएर मुक्ताकुमारी यादव निर्वाचित भएकी छन्।

मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८८३ र नागिना यादव २ हजार ८४६ मत ल्याएर मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ। 

६ पुस, २०७८, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।