कांग्रेसको अपाङ्गता कोटामा मदन कृष्ण निर्वाचित 

कांग्रेसको अपाङ्गता कोटामा मदन कृष्ण निर्वाचित 

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य अपाङ्गता पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

प्रतिस्पर्धी ११ जनालाई पछि पार्दै श्रेष्ठ अपाङ्गता कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

श्रेष्ठले १ हजार ६४० मत पाएका छन्। उनका प्रतिष्पर्धीहरु बाबुकृष्ण सापकोटाले ८८७, अरुण केसीले ३२७, शिवहरि नेपालले २९०, प्रकाश पन्थ २३९, उदयबहादुर लिम्बुले २३२, गोपालबहादुर देउवाले २२९ मत ल्याएका छन्।

यस्तै माधव प्रसाद चम्लागाँई र धिरेन्द्र कुमार सिंहले समान १९८, वसन्तबहादुर भुजेलले १७१, कुमार कँडेलले १०५ र पुष्कर कुमार खड्काले १०२ मत पाएका छन्।

५ पुस, २०७८, २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।