प्रधानमन्त्री पत्नी आरजुलाई तेस्रोमा पुर्‍याएर डिला पहिलो नम्बरमा निर्वाचित

प्रधानमन्त्री पत्नी आरजुलाई तेस्रोमा पुर्‍याएर डिला पहिलो नम्बरमा निर्वाचित

काठमाडौँ  : नेपाली कांग्रेस खुला महिलातर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।

खुला महिलातर्फको केन्द्रीय सदस्यमा डा. डिला सङ्ग्रौलाले सबै भन्दा धेरै २ हजार ८८५ मत ल्याएकी छन्। 

मतगणनाको सुरुवातदेखि नै सङ्ग्रौलाले अग्रता लिएकी थिइन भने आरजु राणा तेस्रोबाट दोस्रोमा पुग्न सकिनन्। 

दोस्रोमा पुष्पा भुसालले २ हजार ७१८ र तेस्रोमा डा. आरजु राणा देउवाले २ हजार ५३६ मत ल्याएर निर्वाचित भएकी छन्। 

नौ जना सदस्यमा अम्बिका बस्नेत २ हजार ३३९, ईश्वरी न्यौपाने २ हजार २५९, सरिता प्रसाईँ २ हजार ९६ मत ल्याएर निर्वाचित भएकी छन्।

यस्तै रमा कोइराला पौडेल १ हजार ८५८, सुशीला ढकाल आचार्य १ हजार ८०४ र रंगमती शाही १ हजार ७८९ मत पाएर निर्वाचित भएकी छन्।

५ पुस, २०७८, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।