जब फुटबल टीमका ११ जना कोरोना पोजेटिभ भए...

जब फुटबल टीमका ११ जना कोरोना पोजेटिभ भए...

एजेन्सीः अफ्रिकी मुलुक ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टीमका ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको छ। ताञ्जानियाको यू-२० महिला फुटबल टीमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजेटिभ भएका हुन्।

ताञ्जानियाका अधिकारीहरूका अनुसार उनीहरूका हाल खेलका लागि बुरुन्डीमा छन्। बुरुन्डीमै उनीहरू कोरोना पोजेटिभ भएको पाइएको हो। 

विश्वकपका लागि क्वालिफायर खेल्न त्यहाँ पुगेका उनीहरू सङ्क्रमित भएका हुन्। खेलअघिको परीक्षणमा पोसेटिभ पाइएकाले हाल खेल रद्द गरिएको छ। 

५ पुस, २०७८, १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।