साफमा आज नेपाल र भारत भिड्दै

साफमा आज नेपाल र भारत भिड्दै

काठमाडौंः बङ्गलादेशमा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र भारतबीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बाट सुरु हुनेछ।

दुवै टोली आजको खेल जितेमा फाइनलमा पुग्ने समीकरण रहेको छ। नेपालले यसअघि पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोश्रो खेलमा श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै तेश्रो खेलमा भुटानलाई ४-० गोलअन्तरले हराएको थियो।

नेपाल हाल ३ खेलमा २ जित हात पार्दै ७ अंकसहित शीर्ष स्थानमा छ। आजको प्रतिद्वन्द्वी भारत ६ अंकसहित तेस्रो स्थानमा छ।

४ पुस, २०७८, ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।