महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित 

महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित 

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्। प्रदेश २ महिला पदकी उम्मेदवार यादव २ हजार ७३१ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। 

यादवले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएकी थिइन। कांग्रेस निर्वाचन समितिका अनुसार प्रतिस्पर्धी गीता चौधरीले १ हजार ८८५ मत प्राप्त गरेकी छन्। 

निर्वाचन समितिले शनिबार बिहान १० बजेदेखि केन्द्रीय कार्य समितिका सदस्य खुल्ला तर्फका ३५ पदको मतगणना सुरु गर्ने जनाएको छ। पदाधिकारीको मतगणना कार्य सम्पन्न भएको र शनिबारदेखि खुल्ला ३५ केन्द्रीय सदस्य पदको गणना सुरु हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। 

समितिले प्रत्येक उम्मेदवारलाई आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थिति गराउन अनुरोध पनि गरेको छ। 

३५ सदस्यका ११० जनाबीच प्रतिष्पर्धा 

खुल्ला ३५ सदस्यका लागि मदन बहादुर अमात्य, लक्ष्मण बहादुर बस्नेत, जिप छिरिङ लामा, रवीन्द्र मान श्रेष्ठ, राजेन्द्र बजगाईँ, मोहन प्रसाद बराल, हरि प्रसाद नेपाल, जित जङ्ग बस्नेत, आनन्द राज त्रिपाठी, उत्तर बहादुर ऐर, शङ्कर तिवारी, डिकेन्द्र राज कँडेल, डा. दामोदर भुसालले उम्मेदवारी दिएका छन्। 

यस्तै डा. मुकेशराज काफ्ले, क्षितिज भण्डारी, हर्ष बहादुर बम, राजकृष्ण अमात्य, जनक राज गिरी, गोकर्ण पौड्याल, सुनिल बहादुर थापा, अर्जुन नरसिंह के.सी., रामहरि खतिवडा, तारिणी दत्त चटौत, डा. राम शरण महत, सुधीर कुमार शिवाकोटी, शिवकुमार गुर्मछाने र बल बहादुर कुँवर सदस्यका उम्मेदवार छन्। 

यस्तै सदस्यका उम्मेदवारमा ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण किशोर घिमिरे, रमेश लेखक, विमल राज क्षेत्री (गायक), खगेन्द्र प्रसाद तिवारी, भरत प्रसाद लम्साल, तिलक बहादुर रानाभाट, दीपक भट्टराई, राजीव ढुङ्गाना, पद्म नारायण चौधरी, बालकृष्ण खाँण, गणेश बहादुर विष्ट र गुरु बराल छन्। 

यस्तै भरत कुमार शाही, दिनेश कोइराला, दीपक बाबु कँडेल, प्रमोदहरि गुरागाईँ,  सुरेन्द्र हमाल, विना पौडेल, प्रकाशसिंह कार्की, कृष्ण प्रसाद कुइँकेल, डा. टी.एन. योगी,  मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, डा. सुरेश चन्द्र चालिसे, बल बहादुर के.सी. र शिवराज जोशी खुल्ला केन्द्रीय सदस्यको चुनावी मैदानमा छन्। 

मनोज खड्का, अजयबाबु शिवाकोटी, पुरुषोत्तम लामिछाने, गंगाधर तिवारी, नरेश बहादुर सिंह, दीपक गिरी, टेकराज पौडेल, प्रा.डा. गोविन्द राज पोखरेल, धावा गुरुङ, गणेश बहादुर खड्का, डा. सुरेश मल्ल, नैन सिंह महर, शम्भुलाल श्रेष्ठ, प्रवीण वन, शारदा पौडेल, दिलेन्द्र प्रसाद बडू, डा. अवुल हुसेन अन्सारी, उदय शमशेर राणा र उमेशजंग रायमाझी सदस्यका उम्मेदवार छन्। 

यस्तै मथुरा प्रसाद घिमिरे, गोविन्द भट्टराई, प्रेम बहादुर खड्का, डा. रामशरण थपलिया, ई. मोहन आचार्य, ध्रुव प्रसाद पौडेल, हस्त बहादुर मल्ल, लोकेश ढकाल, गणेश लामा, रत्न बहादुर कार्की, एन.पी. साउद, मङ्गल प्रसाद थारु, केशव थापा,  इश्तियाक महमद खाँ, देवी प्रसाद चौधरी, डा. खगेन्द्र पाण्डव अधिकारी र मुरारी प्रसाद आचार्य सदस्यका उम्मेदवार छन्। 

यस्तै हर्क बहादुर देउवा, सञ्जय कुमार गौतम, उत्तम कुमार चापागाईँ, प्रा.डा. तीर्थराज खनिया, भीमार्जुन आचार्य, शशाङ्क कोइराला, दिवाकर गौतम, त्रैलोक्य प्रताप सेन, गणेश प्रसाद बिमली, शङ्कर भण्डारी, गोपालमान श्रेष्ठ, सुवासकुमार पोखरेल, केदार कार्की, डा. गोपाल दहित, सुरेन्द्र राज पाण्डे, राजेन्द्र बहादुर गोर्खाली, यज्ञ बहादुर थापा, वीरेन्द्र कुमार कनौडिया , मोहन बहादुर बस्नेत र गोविन्द बहादुर रानाभाट उम्मेदवार छन्।

२ पुस, २०७८, २३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।