साफ यू-१९ महिला फुटबलमा आज नेपाल र भुटान भिड्ने

साफ यू-१९ महिला फुटबलमा आज नेपाल र भुटान भिड्ने

काठमाडौंः साफ यू–१९को महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन। बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा नेपाली समयअनुसार आज साँझ ६:४५ मा खेल सुरु हुनेछ। 

जारी प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाव छ। यसअघिको खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

भुटानले भने पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो भने दोस्रोमा बङ्गलादेशसँग ६–० गोलले पराजित भएको थियो । तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो।

प्रतियोगितामा पाँच टोली प्रतिस्पर्धामा छन्। 

२ पुस, २०७८, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।