टी२० श्रृङ्खलामा पाकिस्तानको 'क्लीन स्वीप', कोभिडका कारण एकदिवसीय तत्काल नहुने

टी२० श्रृङ्खलामा पाकिस्तानको 'क्लीन स्वीप', कोभिडका कारण एकदिवसीय तत्काल नहुने

एजेन्सीः पाकिस्तान र वेस्ट इण्डिजबीच सम्पन्न टी२० श्रृङ्खला पाकिस्तानले क्लीन स्वीप गरेको छ। तीन खेलको श्रृङ्खलामा पाकिस्तानले सहजरूपमा ३-० को जित हासिल गरेको हो।

हिजो राति सम्पन्न अन्तिम खेलमा ७ विकेटको जित निकालेसँगै पाकिस्तानले घरेलु मैदानमा श्रृङ्खला हात पारेको हो। 

पहिले ब्याटीङ गरेको वेस्ट इण्डिजले २० ओभरमा २ सय ७ रन बनायो। पाकिस्तानले १८ ओभर ५ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो।

पाकिस्तानका ओपनर मोहमद रिजवानले ८७ रनको पारी खेले। पहिलो दुई खेलमा निराशजनक प्रदर्शन गरेका कप्तान बाबर आजमले ७९ रनको पारी खेले। 

वेस्ट इण्डिजका लागि ओडिन स्मिथ,रोमारियो र डोमिनिक ड्राकेसले १/१ विकेट लिए।

यस्तै यी दुई टोलीबीच एकदिवसीय खेल पनि हुने तय भएको थियो। तर थप तीन जना खेलाडी र दुई प्रशिक्षण टोलीका सदस्यलाई कोभिड सङ्क्रमण देखिएसँगै एकदिवसीय श्रृङ्खलाको मितिलाई पर सारिएको छ।

 

२ पुस, २०७८, ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।