कांग्रेस सहमहामन्त्री : संस्थापन दुई र इतर एक विजयी 

कांग्रेस सहमहामन्त्री : संस्थापन दुई र इतर एक विजयी 

काठमाडौँ : नेपाली कांग्रेसको ३ सहमहामन्त्री मध्ये दुईमा संस्थापन र एकमा संस्थापनइतर विजयी भएका छन्।

महिलातर्फको सहमहामन्त्रीमा संस्थापन प्यानलकी महालक्ष्मी उपाध्याय डिना र आदिवासी जनजातितर्फ भीष्मराज आङदम्बे विजयी भएका छन्। दलिततर्फ संस्थापनइतर प्यानलका जीवन परियार विजयी भएका छन्। 

महिलातर्फको सहमहामन्त्रीमा विजयी महालक्ष्मी उपाध्याय डिनाले २ हजार ५३३ मत प्राप्त गरिन्। प्रतिस्पर्धी संस्थापनइतरकी कमला पन्त २ हजार १०५ मत ल्याएर पराजित भइन। महिलातर्फको मतगणनामा ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। 

यस्तै आदिवासी जनजातितर्फ संस्थापन प्यानलका भीष्मराज आङदम्बे २ हजार ७११ मत ल्याएर विजयी भएका छन्। प्रतिस्पर्धी संस्थापनइतरका विकास लामा १ हजार ९१२ मत ल्याएर पराजित भए। निर्वाचन समितिका अनुसार आदिवासी जनजातितर्फका मतगणनामा ६५ मद बदर भएको छ। 

यस्तै दलिततर्फ संस्थापनइतर समूहका जीवन परियार २ हजार २१२ मत ल्याएर विजयी भएका छन्। प्रतिस्पर्धी संस्थापन प्यानलका मानबहादुर विश्वकर्मा २ हजार १७५ मत ल्याएर पराजित भए।

प्रकाशमान सिंह प्यानलकी गङ्गा सुनुवारले २३२ मत मात्र प्राप्त गरिन। दलिततर्फको मतगणनामा ७५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। 

१ पुस, २०७८, २३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।