जीवन परियार बने कांग्रेसको सहमहामन्त्री 

जीवन परियार बने कांग्रेसको सहमहामन्त्री 

काठमाडौँ : नेपाली कांग्रेसको दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन्।

संस्थापनइतर प्यानलका परियार २ हजार २१२ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी संस्थापन प्यानलका मानबहादुर विश्वकर्मा पराजित भएका छन्।

विश्वकर्माले २ हजार १७५ मत प्राप्त गरे। दलिततर्फको सहमहामन्त्रीमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएकी गङ्गा सुनुवार २२९ मत मात्र प्राप्त गरिन्। 

कांग्रेसको महिलातर्फका सहमहामन्त्रीमा डिना उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदम्बे संस्थापन प्यानलबाट विजयी भए भने जीवन परियार संस्थापनइतर प्यानलबाट विजयी भए। 

सहमहामन्त्री ५ पदको मतगणना भने हुन बाँकी छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बाँकी सहमहामन्त्री पदको मतगणना शुक्रबार गर्ने जानकारी दिएको छ। 

१ पुस, २०७८, २२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।