र्‍यापर बालेन काठमाडौँको मेयरमा उठ्ने घोषणा

र्‍यापर बालेन काठमाडौँको मेयरमा उठ्ने घोषणा

काठमाडौँ : युवापुस्तामाझ लोकप्रिय र्यापर बालेन शाहले  स्थानीय तहको आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

उनले फेसबुकमा २-३ वर्ष अगाडिबाटै उम्मेदवार बन्ने योजना बनाएको र निर्वाचनको मिति नजिकै आएकाले घोषणा गरेको बताएका छन्। उनले लेखेका छन्, 'अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौँ हामी आफैँ बचाउँछौँ ।'

उनले ह्यासट्याग #BalenForMayor र #AbaYuvaKoPalo प्रयोग गरेका छन्।

 

२९ मंसिर, २०७८, ०१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।