ज्ञानेन्द्र मल्ल क्याप्टेनबाट हटाइए, नयाँ क्याप्टेन सन्दीप

ज्ञानेन्द्र मल्ल क्याप्टेनबाट हटाइए, नयाँ क्याप्टेन सन्दीप

काठमाडौँ : अनुशासन उलङ्घन गरेको भन्दै नेपाल क्रिकेट सङ्घले ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेट टिमको क्याप्टेनबाट पदमुक्त गर्ने निर्णय गरेको छ। सङ्घको बुधवार बसेको बैठकले उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि पदमुक्त गरेको छ।

सङ्घको अनुशासन उलंघन सम्बन्धी गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरूले खेलाडी आचारसंहिता उलङ्घन गरेको ठहर गरेको हो। यी दुवै खेलाडीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्र्याक्टमा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय समेत गरेको छ।

सोही बैठकले नेपाली क्रिकेट टिमको कम्तानको जिम्मा सन्दीप लामिछानेलाई दिएको छ। बैठकले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता दिने, सङ्घका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्य बनाउने र राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण डिसेम्बर २१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

 

 

२९ मंसिर, २०७८, १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।