तिलोत्तमा क्रिकेट : अक्सनबाट खेलाडी छनोट 

तिलोत्तमा क्रिकेट : अक्सनबाट खेलाडी छनोट 

बुटवल : रुपन्देहीमा तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। तिलोत्तमा क्रिकेट विकास समितिले माघ ८ गते देखि लिग सुरु गर्न लागेको हो।

समितिका अध्यक्ष दीपक भुर्तेलले युवाहरूलाई खेल मार्फत अनुशासित, स्वास्थ्य र सङ्गठित गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको बताए। 

तिलोत्तमा ६ स्थित नव जीवन खेल मैदानमा हुने लिगमा लुम्बिनी प्रदेशबाट ८ टिमको सहभागिता हुनेछ। ज्ञानोदय गोल्ड, मणिग्राम किङस, रोयल शंकनगर, जो.भी. वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होईराजन र आर.सी. भैरहवाले खेलमा सहभागिता जनाउनेछन्।

प्रतियोगिता अघि पुस १७ गते अक्सन हुने समितिले जनाएको छ। आयोजकले १० खेलाडीका लागि अक्सन गर्नेछ भने २ खेलाडी क्लब आफू स्वयमले राख्न पाउनेछन्।

एक टिममा बढीमा ५ जना राष्ट्रिय खेलाडी रहनेछन्। अध्यक्ष भुर्तेलका अनुसार अक्सनमा ए र वि बनाई खेलाडीहरूलाई अक्सनमा लगिनेछ। ए वर्गका खेलाडीलाई ५ देखि २० हजार र वि वर्गका खेलाडीलाई ५ देखि १५ हजारसम्म अक्सनबाट बोली लगाउन सकिने उनले बताए।

प्रतियोगितामा प्रथम हुनेले नगद ४ लाख, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुने टिमले २ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता सम्पन्न गर्न कुल २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ।

२९ मंसिर, २०७८, १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।