'काभ्रेली नेपाली साहित्यको रुपरेखा' को दोस्रो संस्करण प्रकाशित

'काभ्रेली नेपाली साहित्यको रुपरेखा' को दोस्रो संस्करण प्रकाशित

काभ्रे : साहित्यकार विजय सापकोटाको अनुसन्धानमुलक कृति 'काभ्रेली नेपाली साहित्यको रुपरेखा' को दोस्रो संस्करण प्रकाशन भएको छ। 

२०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल परिमार्जित एवं संशोधित रुपमा बजारमा आएको यो पुस्तक काभ्रे जिल्लामा भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको हो।

प्रस्तुत पुस्तकले साहित्यिक इतिहासलाई लिपिबद्द् गर्ने क्रममा काभ्रेली साहित्यको आदिमकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसँग जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख राखेको छ। यो पुस्तक कलम प्रकाशनले बजारमा ल्याएको हो।

उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा कलम चलाउने सापकोटाका यसअघि गाउँ खोज्दै जाँदा (कविता संग्रह), आमाको माया (बाल उपन्यास ), अनावरण (कथा संग्रह) र उडान (तन्नेरी उपन्यास) प्रकाशित भइसकेका छन्।

२७ मंसिर, २०७८, १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।