भित्र फूलबडी स्यानिटाइजर, बाहिर मास्कबिनै दौडधुप

भित्र फूलबडी स्यानिटाइजर, बाहिर मास्कबिनै दौडधुप

काठमाडौंः नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारहरूको दौडधुप अझै जारी छ। मतदान सुरु नभइसकेकाले उम्मेदवारहरू मत माग्दै यता उता गरिरहेका छन्। तर मास्कबिनै। 

मतदान केन्द्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ। स्यानिटाइजर मात्र होइन, फूलबडी स्यानिटाइजर। तर बाहिर भने उम्मेदवार स्वास्थ्यको आधारभूत मापदण्ड समेत पालना नगरी मास्कबिनै चहारिरहेका छन्। 

खरबपति तथा यो महाधिवेशनमा मधेशी कोटाका केन्द्रीय सदस्यका उम्मेदवार विनोद चौधरी मास्कबिनै चहारिरहेका छन्। यस्तै सभापतिका आकांक्षी प्रकाशमान सिंह दलबलसहित मास्कबिना मत माग्दै हिँडिरहेका छन्। 

देउवा प्यानलका महामन्त्री उम्मेदवार प्रकाशशरण पनि मास्कबिनै मतदातासामु हात जोडिरहेका छन्। 

यता शशांक कोइराला र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मास्कबिनै फोटो सेसन गरिरहेका छन्। 

शेखर कोइरालाले भने मास्क खोलेका छैनन्। 

तस्बिरहरू: उपेन्द्र खड्का र कृष्पा श्रेष्ठ

२७ मंसिर, २०७८, ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।