कक्षा १२ को वार्षिक परीक्षामा देशकै प्रथम भएको तिलोत्तमा माविको दाबी 

कक्षा १२ को वार्षिक परीक्षामा देशकै प्रथम भएको तिलोत्तमा माविको दाबी 

बुटवल : रुपन्देहीको तिलोत्तमा माविले २०७८ सालको राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नेपाल प्रथम भएको दाबी गरेको छ।

कक्षा १२ को वार्षिक परीक्षामा विक्रम तिवारी र क्रिसना लामाले समान ३.९२ जिपिए ल्याएर पहिलो स्थान हासिल गरेको दाबी विद्यालयले गरेको हो। 

विद्यालयले असीम भण्डारीले ३.८६ जिपिए ल्याएर द्वितीय स्थान हासिल गरेको दाबी  छ।

तिलोत्तमा माविले यस वर्ष ७६० जना परीक्षार्थीलाई कक्षा १२ को परीक्षामा सहभागी गराएको थियो। जसमा ७५६ जनाले ३ जिपिए भन्दा माथि नतिजा सहित सफल भएको विद्यालयका प्रधानाध्यापक डा. रामचन्द्र आचार्यले जानकारी दिए।

सम्मानित विद्यार्थी विक्रम तिवारीले विद्यालयको शैक्षिक वातावरण मन परेर आफूले तिलोत्तमा मावि रोजेको र उत्कृष्ट वातावरणमा अध्ययन गर्न पाउँदा आफूले सोचेजस्तो नतिजा हासिल भएको बताए।

विद्यालयले आइतबार एक कार्यक्रमकाबीच प्रथम र दोस्रो हुन सफल विद्यार्थीलाई सम्मान गरेको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले तिलोत्तमा शिक्षा क्षेत्रमा देशकै पहिचान कायम गर्न सफल भएको बताए।

२६ मंसिर, २०७८, २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।