बुटवल उपमहानगरलाई उपमेयर कप भलिबलको उपाधि 

बुटवल उपमहानगरलाई उपमेयर कप भलिबलको उपाधि 

बुटवल : उपमेयर कप अन्तरपालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ। 

फाइनल खेलमा तिलोत्तमा नगरपालिकालाई ३-० को सोझो सेटले पराजित गर्दै बुटवल उपमहानगरपालिकाले उपाधि उचालेको हो।

उपाधि विजेता बुटवल उपमहानगरपालिकाले नगद १ लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाएको छ। उप विजेता तिलोत्तमा नगरपालिकाले नगद ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। 

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ उपमेयर कप प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा बेनी नगरपालिका म्याग्दी, भिमदत्त नगरपालिका कञ्चनपुर, कैलारी गाउँपालिका कैलाली, तिलोत्तमा नगरपालिका तिलोत्तमा, कोहलपुर नगरपालिका कोहलपुर, बाणगंगा नगरपालिका कपिलवस्तु, वीरेन्द्र नगरपालिका सुर्खेत, टिकापुर नगरपालिका कैलाली, सैनामैना नगरपालिका सैनामैना, गोदावरी नगरपालिका कैलाली र आयोजक बुटवल उपमहानगर गरी १० टिम सहभागी थिए।

पुरस्कार वितरण कार्यक्रममा बुटवल उपमहानगरपालिकाका निमित्त नगरप्रमुख टङ्क पराजुलीले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए।

२६ मंसिर, २०७८, १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।