देउवाको चुनाव प्रचारमा बालबालिकालाई पर्चाको माला !

देउवाको चुनाव प्रचारमा बालबालिकालाई पर्चाको माला !

काठमाडौंः नेपाली कांग्रेस आजबाट १४औं महाधिवेशनको निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेको छ। 

तर पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता/कार्यकर्ताहरूले भने देउवाले उम्मेदवारी दिनुअघि नै प्रचार प्रसार सुरु गरिसकेका छन्। 

महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले कांग्रेसको पदाधिकारीका आकांक्षीहरू आआफ्ना कार्यकर्ताको बलमा चुनाव प्रचार गरिरहेका छन्।

यता शेरबहादुर देउवाको प्रचार प्रसारमा भने बालबालिका पनि प्रयोग भएका छन्। शेरबहादुर देउवाको चुनावी प्रचारको लागि बनाइएको पर्चा बालबालिकालाई लगाइदिइएको छ।   

२५ मंसिर, २०७८, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।