राप्रपा अध्यक्ष लिङदेनले संवैधानिक राजतन्त्र भन्दा कांग्रेस महाधिवेशनमा समर्थनमा हुटिङ

राप्रपा अध्यक्ष लिङदेनले संवैधानिक राजतन्त्र भन्दा कांग्रेस महाधिवेशनमा समर्थनमा हुटिङ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरूले जनविश्वास गुमाउँदै जाँदा संसद् र अदालतमा समेत नकारात्मक प्रभाव परेको बताएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै उनले भने' संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन।'

यसलाई ठिक पार्ने नेताहरूले भएको तर नेताहरूले विश्वास गुमाएको बताए। उनले नेताबारेको आम नागरिकको धारणाबारे उदाहरण दिँदै उनले भने' गाउँघरमा पार्टीको कार्यकर्ताले नेता बोलाएर राख्छन् र छरछिमेक आउनोस् न नेता आएका छन् भनेर बोलाउँदा 'कुन चैँ चोर आएछ' भनेर भन्छन्।

उनले २०४७ पछि सबै राजनीतिक दलहरू विभाजित भएको भन्दै भने'सबैभन्दा कान्छो दल विवेकशील साझा पनि फुट्यो। किन?'

उनले कांग्रेसको मञ्चमा संवैधानिक राजतन्त्रको पक्षमा बोल्दा महाधिवेशनमा सहभागीहरूले समर्थनमा हुटिङ गरेका थिए। उनले राष्ट्र प्रमुखको रूपमा संवैधानिक राजतन्त्र, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका थिए।

२४ मंसिर, २०७८, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।