उद्घाटन सत्र चलिरहँदा उम्मेदवार भोट माग्न व्यस्त 

उद्घाटन सत्र चलिरहँदा उम्मेदवार भोट माग्न व्यस्त 

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। कांग्रेसका शीर्ष नेताहरू मञ्चमा बसेका छन्।

विभिन्न दलका शीर्ष नेताहरू सम्बोधनको समय पर्खिरहेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा पुगेकाहरू कोही उभिएरै भाषण सुनिरहेका छन् भने कोही चौरमा घाम तापेर बदाम छोडाउँदै छन्। 

उम्मेदवारका प्रतिनिधिहरू भने भोट माग्न व्यस्त भएका छन्। उम्मेदवारका प्रतिनिधिलाई भिजिटिङ कार्ड वितरण गर्न र भोट माग्न भ्याई नभ्याई छ। ललितपुर क्षेत्र नम्बर १ कि महाधिवेशन प्रतिनिधि सीता वाइबा आफ्ना उम्मेदवार उदय शमशेर राणाको पक्षमा भोग मागिरहेकी छन्। 

उनले सबै नेताको प्रकृति एउटै नहुने भन्दै कांग्रेस नेताहरूमा व्यक्ति अनुसार फरक फरक व्यक्तित्व रहेको बताइन। उनले राणाको गुणगान सुनाउँदै महाधिवेशन प्रतिनिधिहरूसँग भोट मागेकी छन्। 

कांग्रेस महाधिवेशनमा शनिबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने मंसिर २७ गते मतदान हुने तालिका छ। 

२४ मंसिर, २०७८, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।