कांग्रेस महाधिवेशन: सजिइसक्यो मञ्च, भरिँदैछन् कुर्सी

कांग्रेस महाधिवेशन: सजिइसक्यो मञ्च, भरिँदैछन् कुर्सी

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक उद्घाटन हुन केही बेर मात्र बाँकी छ। हाल महाधिवेशनस्थल भृकुटीमण्डप कांग्रेसमय भएको छ। 

मञ्चलाई ब्यानर र फूलले सजाइएको छ। राखिएका कुर्सीहरू भरिँदै गएका छन्। धमाधम नेताहरू आउनेक्रम जारी छ।

शीर्ष नेताहरू भने एकअर्कालाई फकाउनैमा व्यस्त छन्। हाल पार्टीका अधिकांश शीर्ष नेता वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उनको निवास बोहरेटार गएका छन्। 

यस्तै महाधिवेशनस्थलमा झाँकी प्रस्तुती पनि भएको छ। थारु संस्कृति झल्कने झाँकी प्रस्तुती देखाउँदै एक हुल महाधिवेशनस्थल प्रवेश गरिसकेको छ। 

तस्बिरहरू: कृष्पा श्रेष्ठ र उपेन्द्र खड्का

२४ मंसिर, २०७८, १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।