पेले पुनः अस्पताल भर्ना

पेले पुनः अस्पताल भर्ना

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए। त्यपछि डाक्टरहरूले उनलाई केमोथेरापी दिन आवश्यक रहेको बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा पेले अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। 

तीन पटकको विश्वकप विजेता पेलेले सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन्। उनी प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन्। उनको नाममा ७७ अन्तर्राष्ट्रिय गोल रहेको छ।

२३ मंसिर, २०७८, १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।