पूर्वगभर्नर नेपालको 'बीपीको आर्थिक विचार' विमोचन

पूर्वगभर्नर नेपालको 'बीपीको आर्थिक विचार' विमोचन

काठमाडौः नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरञ्जीवी नेपालद्वारा लिखित 'बीपीको आर्थिक विचार' नामक पुस्तक विमोचन भएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा नेपालले आज पुस्तक विमोचन गरेका हुन्। 

एक वर्ष बीपी कोइरालाको सङ्गत गरेका नेपालले त्यसैको आधारमा यो पुस्तक तयार पारेको जानकारी दिएका छन्। 

पुस्तकमा उनले लेखेका छन्- ‘२०३५ सालदेखि २०३६ सालसम्मको समयमा मैले बीपी कोइरालालाई भेट्ने र उहाँको आर्थिक सोचका बारेमा बुझ्ने मौका पाएको थिएँ।' 

यसअघि सन् २०१० सप्टेम्बरमा नेपालले 'विपीज् इकोनमिक थट' नामक पुस्तक निकालेको थिए।
 

२२ मंसिर, २०७८, १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।