एक सय शय्याको अस्पतालले नर्सिङ पढाउन पाउने: शिक्षामन्त्री पौडेल

एक सय शय्याको अस्पतालले नर्सिङ पढाउन पाउने: शिक्षामन्त्री पौडेल

काठमाडौंः शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्। चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पार्दै उनले यस्तो बताएका हुन्।

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले पनि मान्यताप्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको उनले जानकारी दिए।

यस्तै पीसीएल नर्सिङको अध्ययन अध्यापन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि उनले बताए।

२१ मंसिर, २०७८, १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।