सेन्ट जेभियर्स कलेजमा २ दिने पत्रकारिता कार्यशाला

सेन्ट जेभियर्स कलेजमा २ दिने पत्रकारिता कार्यशाला
तस्बिर : जेभियर कलेज

काठमाडौँ : माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा दुई दिने व्यवहारिक पत्रकारिता कार्यशाला कार्यक्रम सञ्चालन भएको छ। पत्रकारीताका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको पत्रकारिता विभागका प्रमुख चुन गुरुङले जानकारी दिए।

प्रशिक्षणमा सञ्चारकर्मी भद्र शर्माले समाचार प्रस्तावको शैलीबारे जानकारी दिएका थिए। दोस्रो दिन प्रेस रिलिज लेखनबारे डिजिटल कम्युनिकेसनका विज्ञ मार्टिन लगिनले विध्यार्थीहरुलाई जानकारी गराएका थिए।

उनले कार्यशालामा  प्रेस रिलिज लेख्ने शैली, भाषा अनि सम्पादनको व्यवहारिक र सैद्धान्तिक पाटोबारे जानकारी गराएका थिए।

विद्यालयका प्रिन्सिपल अगस्टिन थमसले पत्रकार हुन सहज रहेको तर जिम्मेवार पत्रकार हुनका लागि व्यवहारिक सिप आवश्यक पर्ने बताएका थिए। उनले यस्ता कार्यशालाले विध्यार्थीहरुलाई व्यवहारिक ज्ञानका पाउन सहज हुने बताएका थिए।

विभाग प्रमुख गुरुङले यस्ता कार्यक्रमले विद्यार्थीले कक्षामा सिक्ने सैद्धान्तिक पक्षलाई व्यवहारिक दृष्टिकोणबाट बुझ्न सहज हुने बताएका थिए। उनले बदलिँदो बजार अनुसार सक्षम जनशक्तिमा जोड दिनुपर्ने बताए।

अन्तिम वर्षका विद्यार्थीहरूले आफ्ना अनुभव समेत बाँडेका थिए। प्रशिक्षणमा ३४ विद्यार्थी सहभागी थिए। पत्रकारिता विभागले विध्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन हरेक महिना मिडिया संवादसँगै न्युज लेटर समेत निकाल्दै आएको छ।

२० मंसिर, २०७८, १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।