मतदाताले रुचाएनन् गृहमन्त्रीको लबिङ, रोल्पाका अमरसँग शाह पराजित  

मतदाताले रुचाएनन् गृहमन्त्रीको लबिङ, रोल्पाका अमरसँग शाह पराजित  

बुटवल : रोल्पाका अमरबहादुर पुन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका छन्। रोल्पामा २ पटकसम्म जिल्ला सभापति बनिसकेका पुन जिल्ला भित्र र बाहिर कर्मठ नेताका रूपमा परिचित छन्।

पूर्व राज्यमन्त्री समेत बनिसकेका पुनले माओवादी द्वन्द्वकालमा कांग्रेसलाई रोल्पा, रुकुम लगायतका जिल्लामा सङ्गठनलाई बलियो बनाउन ठुलो भूमिका खेलेका थिए। द्वन्द्व प्रभावित जिल्ला भए पनि कांग्रेसलाई बलियो बनाउन उनी क्रियाशील रहेको कांग्रेस नेताहरू बताउँछन्।

कसरी विजयी भए पुन ?

सङ्घीयता पछि भएको पहिलो प्रदेश अधिवेशनमा अमर पुन सभापतिमा उम्मेदवारी दिने समय देखिनै चर्चामा थिए। त्यसो त महाधिवेशन प्रतिनिधिहरू मतदाता भएका कारणले पनि उनी बलियो उम्मेदवार थिए भन्ने आङ्कलन पूर्ववत् थियो। प्रदेशका १२ जिल्ला मध्ये ११ जिल्लाको अधिवेशन सम्पन्न हुँदा १० जिल्लाका सभापति पुन समूहकै अर्थात्  रामचन्द्र पौडेल पक्षका निर्वाचित भएका थिए।

संस्थापन पक्षमा बलियो मानिएको रुपन्देही, बाँके र बर्दिया भए पनि अन्य जिल्लामा संस्थापनइतर बलियो रहँदा पुनलाई जितका लागि सहज भयो। गृहमन्त्री बालकृष्ण खाँणले समेत भरत शाहलाई निर्वाचित गराउन भूमिका खेलेका थिए। तर मतदाताले पुनलाई क्रस गरेर मत राखेनन्।

जिल्ला भित्र आलोचित भइरहेका गृहमन्त्री खाँणको लबिङलाई मतदाताले टेरेनन् र शाह पराजित हुन पुगे।

२० मंसिर, २०७८, ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।