उकेरा प्रदेश

कांग्रेस लुम्बिनी प्रदेश : लेखा समिति सभापति शाह पराजित, अमर पुन विजयी


बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमर पुन विजयी भएका छन्। रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सदस्य रहेका भरत कुमार शाहलाई पराजित गर्दै पुन प्रदेश सभापतिमा निर्वाचित भएका हुन।

सोमबार बिहान सम्पन्न मतगणना अनुसार पुनले ८ सय ५२ मत प्राप्त गरे भने शाहले ७ सय ६७ मत प्राप्त गरे। सभापतिमा विजयी पुन संस्थापनइतर पक्षका हुन।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह पराजित भएसँगै गृहमन्त्री बालकृष्ण खाँणलाई धक्का लागेको छ।  शाहलाई जिताउनुपर्ने लबिङमा लागेका खाँणको प्रयास सफल हुन सकेन। 

उपसभापतिमा संस्थापन पक्षका राजु खनाल र इतर पक्षका भुवन प्रसाद श्रेष्ठ विजयी भएका छन्। खनालले ७ सय ९२ मत प्राप्त गरे भने श्रेष्ठले ८ सय ४७ मत प्राप्त गरे। 

महामन्त्रीमा संस्थापनइतरका विक्रम खनालले ८ सय ४४ मत ल्याएर विजयी बने भने सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत प्राप्त गरे। संस्थापन पक्षका खिमान सिं रायमाझीले ६ सय ५१ मत र जन्मजय तिमिल्सिनाले ७ सय ९ मत प्राप्त गरे।

सहमहामन्त्रीमा संस्थापनइतरकै विष्णु खनाल (मुस्कान) ८ सय ५९ मतका साथ विजयी भएका छन्। त्यस्तै संस्थापनइतरकै खगराज पाण्डेय ७ सय ७६ मतका साथ विजयी भएका छन्। संस्थापन पक्षका माया पुनले ७ सय ५२ र लक्ष्मी नारायण शाहले ६ सय ७६ मत प्राप्त गरे।

अन्य सदस्यहरूको मत परिणाम आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धुर्मुस-सुन्तलीले अलपत्र छाडेको रङ्गशाला बनाउन दातृ निकायसंग सहयोग लिने प्रदेश सरकारको तयारी

रङ्गशालाबारे भएको अन्तर्क्रियामा उनले यसका लागि दातृ निकायसँग कुराकानीसमेत भइरहेको उनले बताए। उनले रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउन्डेसनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर....

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको निष्कर्ष : स्थानीय र प्रदेशबिच सहकार्य कमजोर

बिहीबार वीरेन्द्रनगरमा सम्पन्न भएको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको थियो। बैठकमा प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको....

काठका मुढामा बुद्धको जीवन

कार्यशालामा १७ जना मूर्तिकारले ८ दिन लगाएर १७ वटा काठका ठुटाबाट मूर्ति तयार गरे। त्यसअघिसम्म सुनसान रहेको बुद्ध सामुदायिक बनमा रहेको गौतमबुद्ध राष्ट्रिय पार्क अहिले....

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा पनि सत्ता-गठबन्धनको क्लिनस्विप

पाँचदलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएको प्रदेश निर्वाचन अयोगले घोषणा गरिसकेको छ। मत परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत....

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका शेर्पा विजयी

पाँचदलीय सत्ता-गठबन्धनका उम्मेदवार हेमराज राई लाई पराजित गर्दै शेर्पा विजयी भएका हुन्। एमालेका तर्फबाट उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए। शेर्पाले ४७३४ मत भारसहित विजयी....