मौसम अपडेट: नेपालको पश्चिमी भूभागमा बदली

मौसम अपडेट: नेपालको पश्चिमी भूभागमा बदली

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागमा बदली हुने जनाएको छ। हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण बदली हुने भएको हो। 

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ। 

२० मंसिर, २०७८, ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।