कांग्रेस लुम्बनी प्रदेशको सभापति पुन १२८ मतले अगाडि, कसको मत कति ?

कांग्रेस लुम्बनी प्रदेशको सभापति पुन १२८ मतले अगाडि, कसको मत कति ?

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। निर्वाचन समितिका अनुसार ६ सय १५ मत गणना गर्दा पुनले ३ सय ४४ मत प्राप्त गरेका छन्।

सभापतिका अर्का प्रत्यासी भरतकुमार साहले २ सय १६ मत प्राप्त गरेका छन्। पुन रामचन्द्र पौडेल समूहका हुन भने साह शेरबहादुर देउवा समूहका हुन्।

त्यस्तै उपसभापतिमा अष्टभुजा पाठकले ३ सय १९, भुवन श्रेष्ठले ३ सय ३१ मत प्राप्त गरेका छन्। 

यसैगरी उपसभापतिमा राजु खनालले २ सय १६, सुधाकर पाण्डेले १ सय ९१ मत प्राप्त गरेका छन् भने महामन्त्रीमा सुरेन्द्रराज आचार्यले ३ सय २९, विक्रम खनालले ३ सय ३८, खिमान सिंहले १ सय ९४, जन्मजयले १ सय ९२ मत ल्याएका छन्।

सह महामन्त्रीमा निमा गिरीले ३ सय १७, सरिता चौधरीले २ सय ६, खगराज पाण्डेले ३ सय ३६, माया पुनले ३ सय ३४, लक्ष्मीनारायण श्रेष्ठले २ सय १० र विष्णुप्रसाद खनालले ३ सय ६९ मत ल्याएका छन्। मत गणना अहिले पनि जारी छ।

१९ मंसिर, २०७८, १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।