२४ घन्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

२४ घन्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ।

२४ घण्टायता ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको छ भने नेपालमा ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्। 

आज १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको छ।

१९ मंसिर, २०७८, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।