कांग्रेस गण्डकी प्रदेशमा संस्थापनइतरको प्यानल नै विजयी  

कांग्रेस गण्डकी प्रदेशमा संस्थापनइतरको प्यानल नै विजयी  

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापन इतरसमुहका शुक्रराज शर्मा विजयी भएका छन्।

उनले संस्थापन समूहका अर्जुन जोशीलाई ८४ मतले पराजित गरेका छन्। ‘शर्मा विजयी हुनुभएको छ,’निर्वाचन अधिकृत कृष्णबहादुर थापाले उकेरासँग भने,‘घोषणा गर्न भने बाँकी छ।’ 

शर्माले ६१२ मत ल्याउँदा प्रतिस्पर्धी जोशीले ५२८ मत पाए। 

उनले सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएर अहिले सदस्यहरूको मतगणना भइरहेको जानकारी दिए। गण्डकी प्रदेश वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश हो। पौडेल शनिबार मतदान गरेर काठमाडौँ फर्किएका थिए। 

यस्तै प्रदेश उपसभापतिमा मेखलाल श्रेष्ठ र कल्पना तिवारी विजयी भएका छन्। महामन्त्रीमा संस्थापनइतरका विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन्। सहमहामन्त्रीमा पनि संस्थापनइतर समूहकै रमेशकुमार पाण्डे, रामचन्द्र जोशी र कोपिला रानाभाट विजयी भएका छन्।

१९ मंसिर, २०७८, १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।