सुन तोलामा ७ सय रुपैयाँले बढ्यो 

सुन तोलामा ७ सय रुपैयाँले बढ्यो 

काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ तोकेको छ।

शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। 

तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै आइतबार चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। 

 

१९ मंसिर, २०७८, १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।