बागमतीमा सिटौलाको समर्थन देउवालाई 

बागमतीमा सिटौलाको समर्थन देउवालाई 

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा पराजित भीमसेनदास प्रधानले बढी मत ल्याउने इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन्।

पत्रकार सम्मेलन गरेर प्रधानले सभापतिमा बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन्। 

सभापति चयनका लागि पहिलो र दोस्रो बढी मत ल्याउने बानियाँ र जगदिश्वनरसिंह केसीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदै छ। पहिलो चरणको चुनावमा सभापतिका उम्मेदवार बानियाँले केसी र प्रधान भन्दा बढी मत पाए पनि ५१ प्रतिशत नपुगेपछि फेरि चुनाव भएको हो। 

२ हजार ७१ मत मध्ये बानियाँले ९९१, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए। बानियाँ शेरबहादुर देउवा, केसी वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधान कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए। 

१९ मंसिर, २०७८, १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।