छोरी सहित थापा परिवारका तीन जना केन्द्रीय सदस्य

छोरी सहित थापा परिवारका तीन जना केन्द्रीय सदस्य

काठमाडौँ : कमल थापा अध्यक्षमा पराजित भए पनि उनको परिवारको तीन जना केन्द्रीय समितिमा निर्वाचित भएका छन्।

थापा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित हुँदा  थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाइ गणेश थापा र भतिजा अभिषेक थापाले केन्द्रीय सदस्य जितेका छन्।

आइतबार बिहान घोषित मत परिणाम अनुसार थापाकी छोरी प्रतिष्ठाले १ हजार ५ सय ३० मत, अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष थापाले १ हजार ३ सय ३२ मत र  गणेशका छोरा अभिषेकले १ हजार ३ सय २७ मत ल्याएका छन्। 

१९ मंसिर, २०७८, १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।