कांग्रेस कर्णालीको पदाधिकारीमा पनि संस्थापन पक्ष विजयी

कांग्रेस कर्णालीको पदाधिकारीमा पनि संस्थापन पक्ष विजयी

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशमा सभापतिसहित पदाधिकारीमा संस्थापन समूह विजयी भएको छ। प्रदेश सभापतिमा जुम्लाका ललितजंग शाही विजयी भएका छन्।

उप–सभापतिमा कालीबहादुर सहकारीले ४९७ र सनतकुमार कार्कीले  ४४३ मत ल्याएर विजयी भएका छन्। 

यस्तै महामन्त्रीमा निरञ्जन केसीले ४२५ र कृष्ण रोकायले ४२३ मत ल्याएर विजयी भएका छन्। सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापाले ४३० र एकराज डाँगीले ४५९ मत ल्याएर विजयी भएका छन्। 

सह–महामन्त्री महिला पदमा रामछायाँकुमारी शाहीले ४२४ मत ल्याएर निर्वाचित भएकी छन्। विजयी सबै संस्थापन पक्षका हुन्। सदस्यहरूको मत गणना भने जारी रहेको निर्वाचन समितिका सदस्य विवश बस्नेतले जानकारी दिए।

१९ मंसिर, २०७८, १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।