कमल थापाले पूर्व राजालाई दिए हारको दोष, नाङगो हस्तक्षेप गरेको दाबी

कमल थापाले पूर्व राजालाई दिए हारको दोष, नाङगो हस्तक्षेप गरेको दाबी

काठमाडौँ : पराजयपछि राप्रपा अध्यक्षका उम्मेदवार कमल थापाले हारको दोष पूर्व राजा ज्ञानेन्द्रलाई लगाएका छन्। उनले ट्विटमार्फत पार्टीको आन्तरिक चुनावमा निर्मल निवासले नाङगो हस्तक्षेप गरेको दाबी गरेका छन्।

उनले ज्ञानेन्द्र शाहलाई मेन्सन गर्दै आफूले राहत र उन्मुक्ति पाएको भन्दै धन्यवाद लेखेका छन्।

उनले हारको सबै दोष पूर्व राजामा सार्दै लेखेका छन्' सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेन्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।'

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनले जितेका थिए। अध्यक्ष र महामन्त्री बाहेक अन्य पदमा थापा प्यानलकै उम्मेदवारले जितेका छन्। 

१९ मंसिर, २०७८, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।