कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी भएका छन्। प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै शाही प्रदेश सभापतिमा विजयी भएका हुन्।

पराजित इतर पक्षका सभापतिका उम्मेदवार भुपेन्द्रजंगले ३१७ मत र निधि पक्षका मोतीराज बमले ७ मत प्राप्त गरेका छन्। सभापति शाही जुम्लाका हुन्। 

खसेको कुल ७५४ मत मध्ये ८ मत बदर भएको छ। कर्णाली प्रदेशको बाँकी पदाधिकारीहरूको पनि गणना भइरहेको निर्वाचन समितिका सदस्य विवश बस्नेतले जानकारी दिए। उनका अनुसार अहिले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना भइरहेको छ ।

१९ मंसिर, २०७८, ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।