प्राश्नाको साथले जोगिइन जिग्मे, जयन्त भए आउट

प्राश्नाको साथले जोगिइन जिग्मे, जयन्त भए आउट

काठमाडौँ : सारेगामाप लिटिल च्याम्प्सबाट आसामबाट आएका प्रतियोगी जयन्त माधव बराली बाहिरिएका छन्। पब्लिक भोटका आधारमा उनी बटम ३ मा परेका थिए।

शनिवारको प्रस्तुतिमा उनले राम्रो प्रस्तुति गरेका थिए। तर पब्लिक भोटको आधारमा उनी सुरक्षित हुन सकेनन्। उनीसँगै बटम २ मा परेकी जिग्मे छोकी घिसिङ भने जोगिइन्।

दिया सोनार पहिल्यै सुरक्षित भइन्। शनिवार ग्रान्ड जुरीसँग मिलेर प्रतियोगीहरूले प्रस्तुति दिएका थिए। शुक्रबारको प्रस्तुति झैँ अधिकांश प्रस्तुति गजब भएका थिए। शनिवार पनि विशेष अतिथि थिए प्रकाश सपुत।

उनले गायिका प्रश्ना शाक्यलाई लेडी पप सिङगरको क्विन भनेर प्रशंसा गरेका थिए। प्रश्नाले दियासँग चर्चित गीत आवाज देउँ गाएकी थिइन्। गाला राउन्डको ग्रान्ड जुरीसँग प्रतियोगीको प्रस्तुति निकै अब्बल देखियो।

प्रतियोगीहरू आफ्नो सहज जनाराबाट हटेर गीत गाइरहेका थिए। जुरी अनि ग्रान्ड जुरीसँगै विशेष अतिथि पनि रमाइरहेका थिए। 

१८ मंसिर, २०७८, २३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।