राप्रपा महाधिवेशन : मतदान सकियो, राति नै मतगणना गर्ने तयारी 

राप्रपा महाधिवेशन : मतदान सकियो, राति नै मतगणना गर्ने तयारी 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको मतदानमा ३ हजार ९१७ जनाले मतदान गरेका छन्।

राप्रपाको निर्वाचन समितिका अनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ६७३ र बागमती प्रदेशबाट ८९० मत खसेको छ। 

यस्तै गण्डकी प्रदेशबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९ र सुदूरपश्चिमबाट ३७२ जनाले मतदान गरेका छन्। महाधिवेशनमा ४ हजार ४६९ प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो। मतदान सकिएकाले अब बैठक बसेर आचारसंहिता बनाउने र मतगणना सुरु गर्ने निर्वाचन समितिका झनक प्याकुरेलले जानकारी दिए।

राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। अध्यक्ष बाहेकका पदमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो। 

१८ मंसिर, २०७८, २३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।