राप्रपाको चुनावमा ४ हजार भोट खस्यो

राप्रपाको चुनावमा ४ हजार भोट खस्यो

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। महाधिवेशनमा ४ हजार ४६९ प्रतिनिधिको नाम सार्वजनिक भएपछि  झण्डै ४ हजार मत खसेको राप्रपाको निर्वाचन समितिले जनाएको छ।

मतदान सकेर अहिले रुजु गर्ने काम भइरहेको समितिका सदस्य राजु बस्नेतले जानकारी दिए। मतदान भएको स्थलमा अहिले स्वयंसेवक बाहेक अरूलाई प्रवेश गर्न दिइएको छैन। प्रतिनिधिलाई पनि प्रवेशमा कडाइ गरिएको छ।

राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन प्यानल सहित चुनावी मैदानमा छन्। अध्यक्षका लागि परम्परागत मतपत्रमा र बाँकी पदको चुनाव विद्युतीय भोटिङ मेसिनमा भएको छ। राप्रपाको निर्वाचन समितिले शनिबार नै मतगणना गर्ने तयारी गरेको छ।

१८ मंसिर, २०७८, २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।