इच्छाराज र उनका २ छोरीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता

इच्छाराज र उनका २ छोरीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता

काठमाडौँ : सहकारीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध पाँच अर्ब ५९ करोड बिगो मागवादी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला महान्यायाधिवक्ता कार्यालय काठमाडौँले शुक्रवार सङ्गठित अपराध र ठगी मुद्दामा अभियोग पत्र दर्ता गराएको हो।

तामाङविरुद्ध ८ वर्ष कैद सजायको माग गरिएको छ। अभियोग पत्रमा उनीसहित उनका २ छोरीलाई समेत प्रतिवादी बनाइएको छ। ठगीको रकमबाट छोरीहरूको नाममा सम्पत्ति जोडेको भन्दै छोरीहरूलाई समेत प्रतिवादी बनाएको हो।

सहकारीका बचतकर्ताले सहकारी विभागमा गरेको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पुगेपछि तामाङसहितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। प्रहरीले १२ जनालाई पक्राउ गरे पनि अभियुक्त भने ४२ जनालाई बनाएको छ।

अभियोग पत्रमा तामाङसहित, केशवलाल श्रेष्ठ, हरिहरप्रसाद लामिछाने, सुमननन्दन वैद्य, प्रवीण मुखिया, गोपालबहादुर श्रेष्ठ (मृतक), अष्टरत्न तुलाधार, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), कृष्णप्रसाद पौडेल, प्रवीणप्रसाद प्रधान, खेमनाथ डल्लाकोटी, डा. इन्द्रराज हुमागाँई, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, डा. दुर्गाप्रसाद संग्रौलालाई प्रतिवादी बनाइएको छ।

यसैगरी सिर्जना शाक्य तामाङ, नगेन्द्र विमली, कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरुङ, मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, प्रकाश कुमार बर्मा, सुभाषकुमार श्रेष्ठ, जीवनराज बज्राचार्य, रञ्जना महर्जन, अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, कान्तिलक्ष्मी उपाध्याय, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, एलिना तुलाधर, मायोनानी महर्जन, राकेश महर्जन, शंकरप्रसाद पाठक, संगिता श्रेष्ठ, बिजयबिक्रम शाही, भगवान बहादुर सिंह, प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङलाई पनि प्रतिवादी बनाइएको छ।

उनी पक्राउ परेपछि सिभिल बैंकले उनलाई हटाएर नयाँ अध्यक्ष चयन गरेको थियो। २ हजार बढि वचतकर्तामध्ये १ हजार पाँच सयले निवेदन दिएका थिए। उनले सहकारीको नौ अर्ब बराबरको रकम चलाएको खुलेको थियो।

१७ मंसिर, २०७८, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।