कोरोनाको नयाँ भेरियन्टको त्रासका बिच सुखद खबर : कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

कोरोनाको नयाँ भेरियन्टको त्रासका बिच सुखद खबर : कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

काठमाडौँ : कोरोना भाइरसको नयाँ भेरियन्ट  ओमिक्रोन भारतमा समेत देखिएपछि कतै नेपालमा पनि भित्रिने हो कि भन्ने त्रासका बिच पछिल्लो २४ घन्टाको नतिजा भने सुखद छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएन। तथ्याङ्क अनुसार २ सय ४६ जनामा सङ्क्रमणको पुष्टि भए पनि सङ्क्रमणका कारण मृत्यु सङ्ख्या भने शून्य छ।

दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन फैलँदै भारतसम्म आइपुगेपछि सरकारले जोखिम देखिएका देशको हवाई यातायात रोकेको छ। तर भारतसँग स्थल र हवाई दुवै माध्यम चलिरहेकै छ। बिहीबार भारतमा २ जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको थियो।

१७ मंसिर, २०७८, १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।