कतारमा घरेलु श्रमिकमाथिको प्रतिबन्ध खुलाउन कतारको आग्रह, बन्यो अध्ययन समिति

कतारमा घरेलु श्रमिकमाथिको प्रतिबन्ध खुलाउन कतारको आग्रह, बन्यो अध्ययन समिति

काठमाडौँ : नेपाल र कतारको संयुक्त समिति चौथो बैठकमा श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ। दुवै देशका प्रतिनिधीहरुविच भएको बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकनको सहमति भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न कतारबाट आएका प्रतिनिधि सहमत भएका छन्।

नेपालबाट कतार लैजाने श्रमिकको दक्षता वृद्धि गर्न कतार सरकारले नेपालको सात वटै प्रदेशमा तालिका केन्द्र स्थापना गर्न समेत कतारको टोलीले सहमति जनाएको छ।

बैठकमा कतारी टोलीले 0घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो। सो समस्या समाधान गर्न दुई पक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति समेत भएको मन्त्रालयले जानकारी दिएको छ। 

कतारको उच्चस्तरीय टोलीले घरेलु श्रमिकबारे नेपालको सर्त पुरा गर्न राजी भएको बताएको छ।

नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा नेपाली टोलीको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बिनु बज्राचार्यले गरेका छन्। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उपसचिव पुष्पराज भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल थिए। 

कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीले नेतृत्व गरेको टोलीमा अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख हमाद अलि अफिफा सहित गृह र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। 

१७ मंसिर, २०७८, १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।