१२ कक्षाको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस्

१२ कक्षाको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस्

काठमाडौंः कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले नतिजा प्रकाशित गरेको हो। 

कक्षा १२को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो।

नतिजा हेर्नका लागि परीक्षा बोर्डको वेवसाइट, एसएमएस र आईभीआर प्रयोग गर्न सकिन्छ। एसएमएस सेवाका लागि NEB टाईप गरी एक स्पेस छोडेर सिम्बोल नं टाइप गरी १६०० मा पठाउन सकिन्छ। 

आईभीआरमार्फत नतिजा थाहा पाउन १६०० डायल गर्नुपर्नेछ। 

कक्षा १२को परीक्षामा झण्डै तीन लाख ७५ हजार विद्यार्थी सहभागी थिए। 

१७ मंसिर, २०७८, ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।