उकेरा स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्टबाट आत्तिनु पर्नेछैन : डा. शेरबहादुर पुन


काठमाडौँ : कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण भारतमा पुष्टि भएसँगै सरकारले जोखिम भएका देशबाट नेपाल आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ। 

दक्षिण अफ्रिका, हङकङ लगायतका ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय सरकारले गरेको छ। हाल नेपाल आउँदै गरेका अनिवार्य क्वारेनटिनमा बस्नु पर्नेछ। 

डाक्टर शेरबहादुर पुन भन्छन् :  

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणको नयाँ ‘ओमिक्रोन’ भेरियन्ट देखिएसँगै नेपालमा तरङ्ग उत्पन्न हुनु स्वाभाविकै हो। सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्छ। आत्तिहाल्नुपर्ने अवस्था भने छैन। 

अहिलेसम्म ओमिक्रोन भेरियन्ट डरलाग्दो छ भन्ने पनि पुष्टि भइसकेको अवस्था छैन। नयाँ भेरियन्ट छिटो फैलने गति देखिएको छ। तर, यो कति घातक छ भन्ने यकिन भइसकेको छैन।

हामीले विगतमा पनि कोरोना सङ्क्रमणको अवस्थाको समस्या बेहोरेका हुनाले आत्तिनु हुँदैन। सतर्कता भने अपनाउनुपर्छ। 

भारतमा सङ्क्रमण देखिँदा हामीलाई अलि अप्ठेरो चाहिँ हुन्छ। खुला सिमानाका कारण नेपाल–भारत आवतजावत सहजै हुन्छ। जसले गर्दा कोरोना भाइरस सङ्क्रमित व्यक्ति आवतजावत गर्ने सम्भावना हुन्छ। यो समस्या विगतमा पनि देखिएकै हो।

खुला सिमानाका कारण भारतमा देखिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट पनि नेपालमा सहजै प्रवेश गर्न सक्छ। त्यसलाई रोक्न निक्कै चुनौतीपूर्ण देखिन्छ। त्यसैले नेपाल–भारत सीमा नाकामा हेल्थ डेस्क व्यवस्थित गर्न आवश्यक देखिन्छ। जसले धेरै हदसम्म भाइरस नेपाल प्रवेश गर्नबाट रोक्न सकिन्छ।

यस विषयमा अनुसन्धान भइरहेको अवस्थामा हाम्रो तर्फबाट सतर्कता अपनाउनुपर्‍यो। हाम्रो तर्फबाट भएका कमी कमजोरीहरूलाई सुधार्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ। 

हामीले कोरोना भाइरसको दुई वटा लहरको पनि अनुभव बेहोरेकाले यस अघिका कमी कमजोरी पत्ता लगाएर समीक्षा गर्दै सतर्कता अपनाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अस्पताल भर्ना हुने अधिकांश संक्रमित पाका र दीर्घरोगी, अस्पतालमा छैन भीड, जटिलता पनि कम

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुने संक्रमित पनि पाको उमेरका व्यक्ति र दीर्घरोगी नै भएको अस्पतालका प्रमुख कन्सल्ट्याण्ट फिजिसियन डा. विमल शर्मा....

महामारीको मौका छोपेर सिटामोलको मूल्य बढाउने कसरत, भारतमा तस्करी भएकाले अभाव भएको उत्पादकको दाबी

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी सिटामोल अत्यावश्यक औषधिको सूचीमा पर्ने भएकाले उत्पादन अनुमति लिएका उत्पादकले सिटामोल उत्पादन रोक्न नपाउने बताउँछन्। 'सिटामोल नबनाउने कम्पनीलाई....

बिपी प्रतिष्ठानका डाक्टर कमिसनमा, बिरामी ऋणमा 

खुट्टाको अप्रेसनमा लगाउने नेलको विषयमा डाक्टरहरूबीच झगडा भएको ललितले सुने। हाडजोर्नी विभाग टिम ‘ए’ का प्रमुख रोशनकुमार शाह कलवारले खोक्रो नेल प्रयोग नगर्ने अड्डी लिएपछि....

कोरोनाको नयाँ भेरियन्ट देखिन सक्छ: डब्ल्यूएचओ

उनले ओमिक्रोन यसअघिको डेल्टाभन्दा कम जटिल भए पनि बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका छन्। ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको, मत्यु पनि भइरहेको र स्वास्थ्य केन्द्रमा....

पूर्वराष्ट्रपति यादवको नाडीको लिगामेन्ट च्यातियो, ट्रमामा गरे सिटी स्क्यान

उनका अनुसार हाल यादव अस्पतालबाट फर्किसकेका छन्। उनलाई पूर्णतया निको हुन दुई साता लाग्ने डाक्टर दत्तले बताएका छन्।  'उहाँलाई ह्रिष्ट जोइन्टमा चोट लागेको रहेछ, लिगामेन्ट....