चौथो साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने

चौथो साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने

काठमाडौँ : नेपाल हक्की सङ्घको आयोजना तथा जिल्ला हक्की सङ्घ मकवानपुरको सह–आयोजनामा चौथो साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ।

पुस १३ देखि १७ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौडामा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उप–महानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की सङ्घ मकवानपुरका अध्यक्ष प्रताप सिंहले बताए। उनका अनुसार शनिवार सङ्घको बैठक बसी प्रतियोगिताको तयारीको सुरुवात हुनेछ।  

स्वर्गीय साहना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की सङ्घले तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले जितेको थियो।

 त्यस्तै गत माघ महिनामा सुदूरपश्चिम प्रदेशको महेन्द्र नगरमा भएको तेस्रो संस्करणको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।

१६ मंसिर, २०७८, १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।