स्पेनमा तीन, अमेरिकामा एक जनामा ओमिक्रोन पुष्टि

स्पेनमा तीन, अमेरिकामा एक जनामा ओमिक्रोन पुष्टि

एजेन्सीः कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन'ले विश्वभर चिन्ता थपेको छ। दक्षिण अफ्रिकामा सर्वप्रथम फेला परेको ओमिक्रोन थुप्रै मुलुकमा भेटिइसक्यो।

यस्तै पछिल्लो विवरणअनुसार अमेरिकामा पनि ओमिक्रोन फेला परेको छ। बुधबार अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन फेला परेको हो। क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको हो। अमेरिकामा पुष्टि भएको यो पहिलो केस हो। 

यस्तै स्पेनमा तीन जनामा ओमिक्रोन देखापरेको छ। स्पेनको बेलेरिक टापुमा नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यसअघि दुई केसहरू राजधानी म्याड्रिडमा पुष्टि भएका थिए।

सङ्क्रमित तीनै जना दक्षिण अफ्रिकाका यात्रु भएको बताइएको छ।

१६ मंसिर, २०७८, १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।